घरेलु स्यानिटरी प्याड उत्पादन तालिम सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
0 Shares
रामेछाप

रामेछापको सुकाजोरमा संचालन भएको घरेलु स्यानिटरी प्याड उत्पादन तालिम मंगलबार सम्पन्न भएको छ । रामेछाप नगरपालिको आर्थिक सहयोगमा भएको हो ।

रामेछाप विजनेस प्रमोशन प्रालिको आयोजित सात दिने तालिममा नगरपालिकाका १८ जना महिलाको सहभागिता रहेको थियो ।

नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले महिनावारीको बेलमा समस्या बेहोर्नु परेको बताउदै त्यस्तो किसिमको समस्यालाई न्युनीकरण गर्न सहयोग पुर्याउने बताइन् ।

सरकारले सबै सामुदायिक विद्यालयमा निःशुल्क प्याड वितरण गर्ने नीतिलाई समेत सहयोग पुग्ने बताइन् । उनीले भनिन्, स्थानीय स्तरमा उत्पादित प्याडले नियमित उत्पादन गर्न सके उद्योगको रुपमा  विकास गर्ने उद्देश्य नगरले लिएको उपप्रमुख खड्काले जनाइन् ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको सो तालिम  स्थानीय महिलालाई स्वरोजगार बनाउने उद्देश्यले संचालन गरिएको प्रालिका अध्यक्ष गुञ्जबहादुर कार्कीले बताए ।

कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत इश्वरी दाहाल, नगरका सबै वडाका वडाध्यक्षहरु रसदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका