सकियो सैलुङको हिलेजात्रा

सैलुङअनलाइन संवाददाता
0 Shares
दोलखा

दोलखा सैलुङ गाउँपालिका वडा नं.- ३ स्थित देउराली बजारमा धार्मिक महत्व बोकेको हिलेजात्रा महोत्सव सम्पन्न भएको छ । हिलेजात्रा महोत्सव मूल आयोजक समितिद्धारा आयोजित महोत्सव भदाै ३ देखि ५ गतेसम्म चलेको थियो ।

करिब वि.सं. १९६० तिर कर्नेल फौदसिंहको पालामा कालीभगवती मन्दिर स्थापना गरी कृष्ण पञ्चमीको दिनमा पूजाआजपश्चात मेला सुरु भएको स्थानीय बताउँछन् ।

समापन समारोहमा कलाकार मदनदास श्रेष्ठले भने, ‘संस्कृति बचाइराख्नु नै समुदाय धनी हुनु हो ।’

महोत्सवमा गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले हिलेजात्रा मौलिक सभ्यताको महत्वपूर्ण पर्व रहेको उल्लेख गर्दै सैलुङलाई चाडपर्वहरुको पालिका चिनाउन यो महोत्सव भएको बताए ।

कार्यक्रममा उपाध्यक्ष लालमाया योञ्जनले जात्राले मनोरञ्जनमात्रै नभै बर्षभरिको दुखसुख साटासाट गर्ने अवसर पनि भएको बताइन् ।

जात्राको उद्घाटनमा मन्दिरमा विहान ११ बजेदेखि क्षमा पूजा गरेपछि जात्राको सुरु भएको थियो ।

महोत्सवमा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुतिले मनोरञ्जनमय बनाएका थिए ।

पर्यटन प्रवद्र्धनमा खोलानाला, हिमाल, डाँडाकाँडा मात्र नभइ कला, संस्कृतिको पनि प्रचारप्रचार गर्न आवश्यक छ । महोत्वसले पर्यटन वर्ष २०२० लाई पनि सघाउनेछ ।

उद्घाटनमा बाघखोर बजारदेखि विभिन्न जातीय सांस्कृतिक बाजागाजा, झाँकीसहित मन्दिरमा पुगी मारुनी, लाखे नाचसँगै नगरपरिक्रमा गरेका थिए ।

जात्रालाई यसवर्षबाट महोत्सवको रुपमा मनाएको हो । महोत्सवमा याेगदान दिएका कलाकार, स्वयंसेवक लगायतलार्इ प्रशांसपत्र प्रदान गरेका थिए ।

तस्विर: दिनेश श्रेष्ठ

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका