नेकपा (एमाले) संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएको छ । उनले आजै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको छ ।
आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराएको हो ।
उक्त अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो । यसअघि आचार्य आजै नेकपा (एमाले) प्रदेश नं १ को संसदीय दलको नेतामा चयन भएको थियो ।