नेपाल तामाङ समाज जापानले बिगतका बर्ष झैँ यस बर्ष पनि डम्फू साँझको आयोजना गरिएको छ ।
हाम्रो मौलिक भाषा, धर्म, संस्कृति र कलाको संरक्षण, हाम्रो अभियान भन्ने मुल नाराका साथ यहि अगस्ट २५ तारिख आईतबार टोकियोको सिनओकुवो स्थित टोक्यो रोधी घरमा डम्फू साँझ मनाउने भएको छ ।
यस बर्ष तामाङ समाज जापान स्थापना भएको १० औँ बर्षमा प्रवेश भएकाले बिगतका कार्यक्रम भन्दा यो कार्यक्रमलाई अझै बिशेष बनाउन लागि परेको बताउछन समाजका अध्यक्ष कुमार मोक्तान ।
कार्यक्रमलाई भब्य रुपमा सफल बनाउनका लागि नेपालबाट कलाकारहरु चर्चित सेलो गायिका मिङ्स लामा , हाँस्य कलाकार इन्द्र दोङ (खम्बे) र उदघोषिका तथा मोडल लक्ष्मी तामाङ जापान आईपुगिसकेका छन् । अथिति कलाकारहरुलाई स्थानीय कलाकारहरु गायक राजिब गोले ,आर के स्याङ्गदान ,लोब्सङ्ग तामाङ र शर्मिला तामाङ लगायतले आफ्नो प्रस्तुति दिएर साथ दिनेछ ।