बुद्धोदय माविमा कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ सुरु

सैलुङअनलाइन संवाददाता
लिसंखु, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-२ बुद्धोदय माध्यमिक विद्यालय (मावि)मा शैक्षिक सत्र २०७८ बाट कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ सुरु हुने भएको छ ।

शैक्षिक सत्र २०७७ बाट प्राविधिक धार अन्तर्गत कम्प्युटर इन्जिनियरिङ विषयको कक्षा (९–१२) सञ्चालन गर्न लागेको प्रधानाध्यापक (प्रअ) कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।

‘२०७७ बाट अनुमित पाए पनि कोभिड–१९ को कारण सञ्चालन हुन सकेन‚ श्रेष्ठले भने‚ ‘शिक्षा तथा मानव विकास स्रोत केन्द्रबाट छनोट भई कक्षा ९ सञ्चालनको अनुमति प्राप्त गरेसँगै शैक्षिक सत्र २०७८ बाट कक्षा ९ को पढाई सुरु भएको हो ।’

वडाध्यक्ष हस्तबहादुर लामाका अनुसार विद्यालयमा कम्प्युटर इन्जिनियरिङ पढाउन तयारी पूरा भएको बताए ।

आजको प्रविधिको युगसँगै यो विषयको पडाइबाट यस भेगका सर्वसाधारणका छोराछोरीहरू लाभान्वित हुनेछ ।

तपाईको प्रतिक्रिया