हवाई मार्ग हुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य

सैलुङअनलाइन संवाददाता
98 Shares
सिमकोट

सिमकोट विमानस्थलले हवाई मार्ग हुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो ।

विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्ग हुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने प्रबधान  गरिएको जानकारी दिए । उनका अनुसार अन्य विमानस्थलका यस्तो प्रावधान छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका