काठमाडौंमा रहेका सुदूरपश्चिम तथा कर्णालीबासीहरुले टुँडिखेलमा शुक्रबार गौरा पर्व मनाएको छ । गौरा पर्वको मुख्य दिन दूर्वाष्टमी अर्थात् अठ्यावली पर्व मनाएको हो ।
पहिलो दिन गौराघरमा भित्र्याएको गौरालाई दोस्रो दिन बाहिर गोराखलो (आँगन) मा ल्याएर पूजा गरिन्छ । पूजा गरेपछि गौरालाई पुनः गोराघरमा भित्र्याइन्छ ।
अठ्यावलीका रुपमा भगवान शिव र पार्वतीको गाथा गाइन्छ । भगवान् शिवप्रति पार्वतीको प्रेमकथालाई लयात्मक ढंगले प्रस्तुत गर्ने गरिन्छ । जसलाई अठ्यावली सुनाउने भनिन्छ ।
अठ्यावलीका दिन भगवन शिव (महेश्वर)लाई पतिका रुपमा पाउनका लागि माता पार्वती (गौरा)ले गरेको तपस्याबारे वर्णन गरिन्छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1