अमेजन वर्षावन एक पर्यावरणीय चमत्कार हो । विश्वबन्य जन्तु कोष (डब्लुडब्लुएफ)का अनुसार यो भारतभन्दा दुईगुणा ठुलो छ । यो संसारको एकमात्र ठुलो बचेको उष्ण वर्षावन हो । विश्वका कम्तीमा १० प्रतिशतभन्दा जैविक बसोबास रहेको यो जंगलबाट २० प्रतिशत अक्सिजन उत्पादन हुन्छ । अक्सिजन मानव जातीका लागि मात्र नभई सिंगो ग्रहको तापक्रम कायम राख्न मद्दत पुर्याउछ ।
यो बिना जलवायु परिवर्तन नियन्त्रण असम्भव छ । यही साता यो क्षेत्रमा भयंकर आगलागी भएको भएको छ ।
अमेजनमा भएको आगलागीले कार्बन वायुमण्डलमा फैलिन्छ । अमेजनमा ९० देखि एक सय ४० अर्ब टनसम्म कार्बन रहेको डब्लुडब्लुएफले जानकारी दिएको छ । वायुमण्डलमा कार्बनको मात्रा बढ्नु जलवायु परिवर्तनको प्रमुख कारण हो । यदी सम्पूर्ण कार्बन वायुमण्डलमा फैलियो भने के होला ?
डब्लुडब्लुएफका अनुसार परिणाम विद्वंशकारी हुनेछ । हामीले विद्यालय तहमा पढ्दा सुने जस्तै बिरुवाले कार्बन लिएर अक्सिजन फाल्छ । अमेजनले अक्सिजन उत्पादन गर्ने भएर यो महत्वपूर्ण छ । अमेजनमा हुने अपुरणनीय क्षतीले न त अक्सिजन उत्पादन दिन्छ न त कार्बन लिन्छ नै ।
आगलागी अगाडी बनफडानीका कारण वार्षिक ०.५ अर्ब टन कार्बन उत्सजर्न हुनेगरेको डब्लुडब्लुएफको तथ्यांकले देखाउछ । आगलागीले जलवायु परिवर्तन अझै बढ्ने संकेत देखिन्छ ।
अमेजन एउटा ठुलो जलवैज्ञानिक ईञ्जिन पनि हो । बोटबिरुवाबाट पानी वायुमण्डल र अमेजन नदि हुँदै समुद्रमा समेत प्रवाह हुन्छ । मौसमलाई समुद्रको बहावले सञ्चालन गरिरहेको छ ।
जलवायु परिवर्तन सम्बन्धि बढ्दो चुनौतीका माझ अमेजनमा आगलागी सबैका लागि चिन्ताको विषय बनेको छ ।