प्रदेश नं १ मा ४८३ जनामा कोरोना सङ्क्रमण

प्रदेश नं १

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८३ जनामा कोरोना सङ्क्रमण भएको छ । सात सय ७९ को पीसीआर परीक्षण गर्दा २७२ मा र एक हजार १०३ को एन्टिजेन परीक्षण गर्दा २११ को रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीमा १२०, मोरङमा ७५ झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा चार÷चार, सङ्खुवासभामा दुई, धनकुटा, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको थियो ।

आज ४९७ जना कोरोना सङ्क्रमणमुक्त भएकामा २४३ महिला र २५४ पुरुष छन् । यस अवधिमा सङ्क्रमणबाट चार महिलासहित सातको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया