राष्ट्रिय मानवअधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका लागि शुक्रबार प्रस्थान गरेको छ ।आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदिप पाठक र सचिव वेद भट्टराई सहितको पाँच सदस्यीय टोली त्यसतफै गएका हुन् ।
दक्षिण अफ्रिकाको राष्ट्रिय मानवअधिकार आयोगको निमन्त्रणामा त्यहाँका मानवअधिकारको अवस्था अध्ययन तथा अनुभव आदानप्रदानका लागि गएको आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी दिए ।
टोलीले दक्षिण अफ्रिकाको मानवअधिकार आयोगबाट मानवअधिकारको संरक्षण र संबद्र्धनको क्षेत्रमा हुँदै आएका विभिन्न कार्यहरू, उजुरी ग्रहण, अध्ययन अनुसन्धान प्रक्रिया सम्बन्धमा छलफल तथा जानकारी लिनेछ ।
सोही अवसरमा त्यहाँ रहँदा टोलीले सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन, कार्यप्रक्रिया, सिफारिस तथा कार्यान्वयन सम्बन्धमा तत्कालिन पदाधिकारी, नागरिक समाज, लगायत अन्यसँग भेटघाट छलफल तथा अवलोकन गर्ने कार्यक्रम रहेका छ ।