नेपाल चेम्बर अफ कमर्श, नेपालले ‘दोस्रो तीज व्यापार मेला–२०७६’ शुरु गरेको छ ।
शुक्रबार मेलाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अष्टलक्ष्मी शाक्यले महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाए मात्र मुलुकको विकास निर्माणमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा चेम्बरका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले मेलाले महिलामा थप ऊर्जा मिल्ने बताए ।
कार्यक्रममा महिला चेम्बर अफ कमर्शका अध्यक्ष उर्मीला श्रेष्ठले महिला शसक्तिकरणका लागि मेलाको आयोजना गरिएको जानकारी दिइन् ।
मेलामा महिलाले आफैले उत्पादन गरेका ५० वटा स्टल राखिएको छ ।