एनआरएनए जापानको सचिब (क्षेत्र) मा महेश्वर रिसालको उम्मेदवारी

एलिसा रसाइली
एलिसा रसाइली
0 Shares
जापान

बिगत केहि समयदेखि जापानमा बस्दै आईरहेका महेश्वर रिसालले गैरआवासीय नेपाली संघ एनआरएनए जापानको सचिब (क्षेत्र) मा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली साझा समाज जापानको संस्थापक कोषाध्यक्ष र दोश्रो कार्यकालको वरिष्ठ उपाध्यक्ष समेत रहेका रिसालले आगामी (२०१९ – २०२१) को कार्यकालका लागि उम्मेदवारी दिने बताए ।

जापानको गुन्मा केन शहरमा बस्दै आएका रिसाल विभिन्न सामाजिक कार्यहरुमा पनि अग्रसर छन् । सहयोगी मन भएका रिसाल आफ्नो क्षेत्रमा कुनै नेपालिहरुलाई समस्या पर्दा निडर रुपले सहयोग गर्छन । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको कान्तो क्षेत्रीय समितिको सदस्यबाट एनआरएनए जापानमा प्रवेश गरेका रिसाल (२०१५-२०१७) को कार्यकालमा गुन्मा क्षेत्रीय समितिको संस्थापक संयोजक र (२०१७-२०१९) को दोश्रो कार्यकालमा पनि पुन:गुन्मा क्षेत्रीय समितिको संयोजक बन्न सफल भएको थियो । विभिन्न कार्यकालमा बसेर काम गरिसकेका रिसालले अब आफू केन्द्रमा बसेर काम गर्ने मनसाय रहेको र यहि क्रमलाई अझ व्यापक र जिम्मेवारीपूर्ण बनाउको लागि उम्मेदवारी दिने निर्णय गरेको बताए ।

एनआरएनए जापानको सबै क्षेत्रीय समितिहरुलाई समन्वय गरि सहज रुपमा केन्द्र सम्म जोड्ने र उपस्थिति गराउनु , आगामी दिनहरुमा एनआरएनए जापानले नेपाल र नेपालीहरुको हितमा अझ पृथक र गम्भीर रुपले कार्य गराउने र एनआरएनए जापानलाई प्रबासमा रहेका नेपालीहरुमाझ सबैको अपनत्व महसुश हुने संस्था बनाउनुनै रिसालको प्रमुख योजना रहेको छ ।

नेपाली समुदायको साथ र सहयोगबाट मात्र आफ्नो उम्मेदवारीले सार्थकता पाउने हुदा रिसालले जापानमा रहेका नेपालीहरुमाझ भोटको अपिल समेत गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया