कम्युनिष्टहरुलाई पराजित बनाएर छाड्छौं : सभापति देउवा

सैलुङअनलाइन संवाददाता
0 Shares
सुर्खेत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा कम्युनिष्टहरुलाई पराजित बनाएर छाड्ने दावी गरे । नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुका लागि ‘कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम’ को समापनमा बोल्दै देउवाले कम्युनिष्टहरुको चरित्र बिग्रिदै गएको आरोप लगाए ।

‘सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्दा लेख्नेलाई पनि त्रास छ । लेख्ने बित्तिकै जरिवाना भै हाल्छ,’ सभापति देउवाले भने, ‘मुलुकमा
हावी भएको लुटतन्त्रले जनता निराशित छन् ।’ बिगतमा एउटा पार्टीले दुई पार्टीसँग लड्दा कांग्रेस पराजित हुनुपरेको भन्दै उनले पार्टीमा अनुशासन आवश्यक रहेकोप्रति जोड दिए ।

सभापति देउवाले पार्टी बलियो बनाउनका लागि कांगे्रेसका नेता तथा कार्यकर्ताहरुले जनताको घरमा तीनपटक भेट्न जानुपर्नेमा उनको जोड थियो ।

सभापति देउवाले कर्णाली सभ्यता, भाषा, कला, साहित्य, जल, जंगल, जडिबुटीमा धनी भएकोले यो प्रदेशलाई माथि उठाउन कांग्रेसले अहंम् भूमिका खेल्नुपर्ने विचार व्यक्त गरे ।

कांग्रेस उपसभापति बिमेलेन्द्र निधिले सरकारले संविधान र संघीयता विरोध काम गरेको दोषारोपण गरे । नेपाली राजनीतिको विषम् घडीमा कांग्रेसको अहम् भूमिका रहेको दावी गर्दै उनले अहिले मुलुलकमा बढी बेथिति देखिन थालेको टिप्पणी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै उपसभापति निधिले भने, ‘मुलुकको सिंहदरबारको शासन अब सिंगापुरबाट चल्ने गरी कार्यसम्पादन नियमावली संशोधन गरिएको छ ।’ उनले पार्टीलाई कसरी मुलुकको पहिलो पार्टी बनाउन सकिन्छ भन्नेतर्फ सोच्न कांग्रेसी नेता तथा कार्यकतालाई आग्रह गरे ।

यसैगरी नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोईरालाले पार्टीलाई एक नबनाएसम्म विश्राम नलिने संकल्प गर्दै पार्टी भित्रको विकृति चिरेरै छोड्ने दावी गरे । प्राकृतिक स्रोतले सम्पन्न कर्णाली प्रदेशमा केन्द्रीय दृष्टि नजानु दुर्भाग्य भएको महामन्त्री डा.कोईरालाको भनाई थियो ।

महामन्त्री पूर्णबहादुर खड्काले बिगत्को कुरालाई बिर्सेर अब नयाँ ढाँचाबाट पार्टीलाई अघि बढाउनु अहिलेको अपरिहार्यता रहेको बताए ।
अविश्वासका थुप्रै खाडलहरु छन् र तिनलाई पुरा गर्न १३ औं महाधिवेशनले भूमिका खेल्नेछ, उनले भने, ‘अब मुलुकभर रहेका कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्यहरु एक भएर जानुपर्छ ।’

उक्त प्रशिक्षण कार्यक्रममा नेता मिनेन्द्र रिजाल, हृदयराम थानी, दिपक गिरी, रामकृष्ण यादव, नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही, संघीय सांसद रंगमती शाहीलगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया