सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेन : डा महत

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए । कर्मचारी सञ्चय कोष, नेपाल वित्तिय संस्था कर्मचारी सङ्घको १० औं केन्द्रीय अधिवेशन उद्घाटन समारोहमा शुक्रबार आयोजित कार्यक्रममा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य बोकेको सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका हुन् ।

‘सरकारले कर्मचारीतन्त्र, न्यायलय, सुरक्षा निकाय, प्रेसलगायतका क्षेत्रमा राजनीति हस्तक्षेप गर्न खोज्यो,’–डा. महतले भने । सरकार राज्यको पुर्नसंरचनाअुनसार स्थानीय सरकारको संस्थागत र कार्यदक्षतामा विकास गर्नेतर्फ नलागेको आरोप समेत लगाए ।

कर्मचारी सञ्चय कोषका प्रशासक तुल्सीप्रसाद गौतमले सामाजिक कोषको उदयसँगै कर्मचारी सञ्चय कोषलाई चुनौती थपिँदै गएको बताए ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले वर्तमान सरकार संवैधानिक व्यवस्थाहरुलाई समेत बेवास्ता गर्दै आफु अनुकुल कानुन बनाएर अगाडि बढ्न खोजेको आरोप लगाए ।

नेपाल वित्तिय संस्था कर्मचारी सङ्घका अध्यक्ष पदमराज रेग्मीले ट्रेड युनियनले वर्षौं लगाएर ल्याएको सामुहिक सौदाबाजीबाट प्राप्त सुविधा गुमिरहेको र खाईपाई आएको सुविधा कटौती भईरहेको भन्दै यसका विरुद्ध आवाज उठाउनुपर्ने बेला आएको बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका