साउदीमा सेप्टेम्बर १० तारीख राहदानी नवीकरण आवेदन लिने, प्रि-इनरोलमेन्ट अनिवार्य

लोकेशन: दमामस्थित अल असेम रेस्ट हाउस फर फेस्टिवल्स अल फैसालिया

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
1.7k Shares
साउदी अरेबिया
तस्बिर : फाइल

नेपाली दूतावासले राहदानी नवीकरणका लागि यही सेप्टेम्बर १० तारीख शुक्रबार आवेदन संकलन गर्ने भएको छ । दूतावासले आइतबार सूचना जारी गरेर राहदानी नवीकरणका लागि आवेदन लिन लागेको हो ।

दूतावासका सूचनाका अनुसार स्थानीय स्तरबाट सेवाग्राहीलाई सेवा दिने उदेश्यसहित साउदी अरेबियाका पूर्वी क्षेत्रका दमाम शहरमा अस्थायी शिविर संचालन गर्न लागिएका हुन् । दूतावासले जुलाईदेखि प्रत्येक महिना संचालन हुँदै आएको अस्थायी शिविरको सहजीकरण भने गैर आवासीय नेपाली संघ(एनआरएनए)ले गर्दै आएको छ ।

राहदानी नवीकरण आवेदन संकलनका लागि दमामको अल असेम रेस्ट हाउस फर फेस्टिवल्स अल फैसालियामा (Al Asemah Rest-house for Festivals Al Faisaliah) लोकेशन: https://goo.gl/maps/GzZa6gu8b8McW9Ti9 मा पुग्नुपर्ने दूतावासको भनाइ छ । बिहान ७.०० बजेदेखि संचालन हुने आवेदन संकलनका लागी सक्कल राहदानी, राहदानीको फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक एक प्रति चाहिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । त्यसैगरी राहदानी आवेदन संकलनका लागि नागरिकताको समेत फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) ल्याउन दूतावासले अनुरोध गरेको छ ।

त्यसैगरी राहदानी दस्तुर साउदी रियाल २ सय तोकिएको छ । हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भएमा साउदी रियाल ४ सय लाग्ने दूतावासले सूचनामा लेखिएको छ । दूतावासले राहदानी नवीकरणका लागि यसअघि साउदी अरबका विभिन्न शहरमा अस्थायी शिविर सञ्चालन गरेका थिए ।

दूतावासको पुनः राहदानी नवीकरणका लागि अस्थायी शिविर संचालनले यहाँ कोरोना महामारीका कारण सेवा नपाएका नेपालीहरु लाभान्वित हुनेछन् । पछिल्लो चरण साउदी सरकारले बिना सर्त रोजगारदाता परिवर्तन गर्न पाउने प्रावधान ल्याएपछि दूतावासबाट राहदानी नवीकरण गर्नेको संख्यामा वृद्धि आएको हो ।

` राहदानी नविकरणको लागि आउँदा प्रि-इनरोलमेन्ट गरेर आउनुपर्नेछ । राहदानी विभागको https://online.nepalpassport.gov.np/PreEnrollment/home.html लिंकमा गएर प्रि-इनरोलमेन्ट गर्न सकिनेछ । प्रि-इनरोलमेन्ट कसरी गर्ने भन्ने बारेमा दूतावासको यससँगैको अर्को सूचना हेर्नुहोला ।´

त्यस्तै एनआरएनए साउदीले उपलब्ध गरेको व्हाट्स नम्बर मार्फत समेत प्रि-इनरोलमेन्ट अनलाइन फाराम भर्न सकिने दूतावासले जनाएको छ । प्रि-इनरोलमेन्ट अनलाइन फाराम भरेर जाँदा छिटोछरितो काम हुने भएकोले अनिवार्य भरेर आउन अनुरोध गरेको दूतावासको भनाइ छ । पछिल्लोपटक अगष्ट १३ तारीखमा सेवाग्राहीको चाप बढेपछि १४ तारीख पनि शिविर संचालन गर्नुपरेको थियो ।

साउदीमा पछिल्लोपटक कोरोना घट्दै गएको र बीना सर्त कम्पनी फेर्न पाउने भएपछि राहदानी नवीकरण गर्नेको संख्या बढेको अनुमान लगाइन्छ । त्यस्तै साउदीमा कोरोना भाइरस(कोभिड-१९)को खोपको दोस्रो मात्र समेत लगभग सकिएको छ ।

थप यो पनि

राहदानी नवीकरण अनलाइन फाराम भर्न एनआरएन साउदीको व्हाट्सप

तपाईको प्रतिक्रिया