नेपाली जनसम्पर्क समिति पुनर्गठन

सैलुङअनलाइन संवाददाता
0 Shares
साउदी, रियाद

नेपाली जनसम्पर्क समिति साउदी अरबको मध्ये क्षेत्रीय समिति रियादको पुनर्गठन गरेको छ । समितिले रियादको बथास्थित रहेको रमाद होटेलमा सम्पन्न भएको कार्यक्रमबाट गोपाल पंगेनीको सभापतिमा १५ सदस्य कार्यसमिति गठन गरेको छ ।

समितिका उपसभापतिद्वय योगा थापा र भुपेन्द्र थापा, सचिव कृष्ण भुषाल, सहसचिव धनवीर लिम्बु, कोषाधक्ष्य हरि पौडेल, सहकोषाधक्ष्य कृष्ण बस्याल रहेका छन् ।

त्यसैगरी सदस्यहरू  लक्ष्मण भट्ट, मनीष गुरुङ, भवानी प्रसाद ओझा, टुक प्रसाद अर्याल, धनबहादुर तामाङ, महेश राई, भीम विश्वकर्मा, बालकृष्ण सापकोटा चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जनसम्पर्क समिति साउदीका संरक्षक  राजु सैयदले शुभकामना मन्तव्यका क्रममा प्रवासमा व्यस्तताका बाबजुद पार्टी हितका लागि काम गरिरहेकामा धन्यवाद दिए । सायदले तत्कालीन नेपाली कांग्रेसका शुशिल कोईरालासँँग सम्पर्क समितिका महत्वका बारेमा कुराकानी गरेको स्ममरण गरेे ।

समारोहमा समितिका संरक्षक विदुर कोइराला प्रमुख सल्लाहकार यासमिन बेगम, बरिष्ठ उपसभापति अर्जुन थापा, प्रथम उपसभापति नमराज लामिछाने, कोषाध्याक्ष द्वारिका राज गिरी लगायत अतिथिरहेका थिए ।

जनसम्पर्क साउदीको केन्द्रीय सदस्य कोपिला अधिकारले स्वागत मन्तव्य राखेकी थिइन् । प्रवक्ता अरुण बेल्वासे, प्रथम उपसभापति नमराज लामिछाने, बरिष्ठ उपसभापति अर्जुन थापा, प्रमुख सल्लाहकार यस्मीन वेगम, शुभकामना मन्तव्य राखेका थिए ।

समितिका साउदी सभापति दिपक रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम महामन्त्री सुरेशराज त्रिपाठीले सञ्चालन गरेका थिए ।

राष्ट्रियता, समाजवाद र लोकतन्त्रमा विश्वास र आस्था राख्ने साउदीको रियाद र अलखर्जमा कार्यरत नेपालीहरूको बाक्लो उपस्थितिरहेका थिए ।

तपाईको प्रतिक्रिया