कलाकारहरू रविको पक्षमा

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

पत्रकार रवि लामिछाने अनुसन्धानको लागि थुनिएको सवालमा कलाकारहरुले पत्रकार सम्मेलन गरी उनी निर्दाेष रहेको दावी गरे ।

शनिबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा कलाकारहरूले लामिछानेलाई फसाउन खोजिएको दाबी गरे । उनीहरूले शालिकराम पुडासैनी प्रकरणमा रवि लामिछानेको संलग्नता नहरेको जनाए ।

कलाकारहरूले कानूनलाई संशोधन गरेर भएपनि रवि लामिछानेलाई बचाउनुपर्ने बताए ।

शालिकराम पुडासैनी प्रकरणमा रवि निर्दाेष रहेको बताउँदै कलाकार दिपकराज गिरीले रवि लामिछानेलाई हिरासतमा राखेर राज्यले खलनायक बनाउन खोजेको आरोप लगाए ।

यसैगरी नायक निखिल उप्रेतीले रवि दोषी नभएको बताउँदै राजनीतिक रंग नदिएर रवि लामिछानेको पक्षमा सबै उभिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी नायक रमेश उप्रेती, निर्मल शर्मा ‘गैंडा’ लगायतका कलाकारहरूले रविलाई हिरासत बाहिर राखेर अनुसन्धान गरेको भए हुने बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका