युएईमा तीज धमाका सम्पन्न

युएई , आबुधावी

युएईमा हातेमालो तीज धमाका-२०१९ सांँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

धमाका हिन्दू नारीहरुको महान चाड हरितालिका तीजलाई मध्यनजर गरेर अगस्ट २३ शुक्रबारको दिन आबुधावीस्थित मुसाफाको सभाहलमा सम्पन्न गरिएको हो ।

कार्यक्रम हातेमालो समूह आबुधावीको आयोजना र एभरेष्ट पोइन्ट रेष्टुरेन्टको मुख्य प्रायोजना, नेपाली चुलो रेष्टुरेन्ट, पर्ल स्टार रेष्टुरेन्ट, पोटेटो सलाद एण्ड रिफ्रेशमेन्ट, ग्लोबल आइएमइ बैंक तथा लाइफ केएर हस्पिटलको संयुक्त प्रयोजना रहेको थिए ।

समारोहमा सुनसरी समाज युएईका अध्यक्ष इन्द्र विष्ट, म्याग्दी प्रवासी नेपाली संघका अध्यक्ष रुद्र रोक्का, इनास आबुधावी क्षेत्रीय अध्यक्ष सागर क्षेत्री लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू रहेका थिए ।

युएईमा दु:ख पाएका नेपालीहरुलाई विशेष सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजकले बताए ।

कार्यक्रम कलाकारहरू हरि मोक्तान, साहाना निरौला, रोहित बस्नेत, पदम खालिङ राई, रामचन्द्र शर्मा, गीता मल्ल, सुमित्रा मोक्तान, सुस्मिता गुरुङ, हेलेन राउत, विशाल ढकाल, निस्मा ल्वगुन, बिमु स्याङ्तान, सन्जिता तामाङ, पार्वती मगर, सन्ध्या पाण्डे, तुलसा सुवेदी, ध्रुव बिसी, सुनिता तामाङ, प्रकाश मण्डल लागायतका कलाकारको बेजोड रहेका थिए ।

समारोहमा प्रवासमा रहेर नेपाली गीतसंगीतमा निरन्तर लागिपरेका कलाकारहरुलाई प्रोत्साहन स्वरुप विशेष सम्मान समेत गरेका थिए । भोला श्रेष्ठ संयोजक रहेका कार्यक्रमका सभापति समूहका अध्यक्ष प्रविन निरौला रहेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका