कोभ-२ र हैजा विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’

सैलुङअनलाइन संवाददाता
काठमाडौं

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभ-२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ लाई सुरुआत गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्न लागेको हो ।

यही भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले दुवै खोपको परीक्षण दुई हप्ताभित्र सुरु गरिने जानकारी दिए । उनले कोभ-२ विरुद्धको ‘एमआरएनए’ परिषद्ले धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा र हैजाको ‘कोलेरा’को परीक्षण बीपीसहित, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा गर्ने बताए ।

खोप उत्पादक कम्पनीले खोप ‘एमआरएनए’ पहिलो र दोस्रो चरणको सफल परीक्षणपछि नेपालमा तेस्रो चरणको परीक्षण गर्न थालिएको हो । चीनको वालभ्याक्स कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ‘एमआरएन’ खोप नेपालमा परीक्षण गर्न थालिएको उनले बताए ।

उक्त कम्पनीले २८ हजार जनामा परीक्षण गर्ने र नेपालमा तीन हजार जनामा परीक्षण गर्ने उनले जानकारी दिए । सोही अनुसार तेस्रो क्लिनिकल ट्रायल बीपी प्रतिष्ठान धरान हुनेछ ।

तपाईको प्रतिक्रिया