त्रिशूली वाङ्मयको ११ औं अधिवेशन सम्पन्न

सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडाैं

त्रिशूली वाङ्मय प्रतिष्ठानको ११ औं अधिवेशन शनिबार सामुदायिक प्रहरी सेवा केन्द्र नयाँ बसपार्कमा सम्पन्न भएको छ ।

अधिवेशनमा प्रतिष्ठानको महासचिव राजेन्द्रमान डंगोलले प्रगति र कोषाध्यक्ष लक्ष्मी रुम्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उपाध्यक्ष आरएम डंगोलले भावि कार्ययोजना बारेमा आफ्नो धारणा राखेको थियो ।
प्रतिष्ठानको अध्यक्ष श्रीहरि फुँयालको सभाध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेका हुन् ।

समितिमा अध्यक्ष आरएम डंगोल, उपाध्यक्ष राजेन्द्रमान डंगोल, महासचिव श्यामराज पाठक, सचिव राजेन्द्र घिमिरे, कोषाध्यक्ष लक्ष्मी रुम्बा, सदस्यहरु क्रमशः प्रभात किरण, जया ओझा, पुरु विमल, उत्तम विचार, भैरवी ढुङ्गाना, सन्तोषी अधिकारी, बैरागी जेठा र प्रभा खड्का रहेका छन् ।

वि.सं. २०६६ सालमा स्थापित प्रतिष्ठानले साहित्यिक पर्यटनको उल्लेखनीय गतिविधि गर्दै आएका छन् ।

साहित्यिक यात्रा, त्रिशुली त्रिवेणी ११ अंक प्रकाशन, पुस्तक प्रकाशन र वार्षिक शारदीय कविता उत्सवको आयोजना गर्दै आइरहेका थिए ।

यसैगरी नुवाकोटको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वका स्थलहरू ककनी, देविघाट, चिम्टेश्वर, सूर्यचौर, वेत्रावती, नुवाकोट दरवार परिसरमा वृहत् साहित्यिक यात्राको आयोजना गरिसकेका छन् । तनहुँ वन्दीपूर(रामकोट साहित्यिक यात्रा,त्रिशुली नदीमा जल पर्यटन समेत सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका