हेटौडामा दैनिक एक जना प्राणघातक रोगबाट ग्रसित

सैलुङअनलाइन संवाददाता
0 Shares
हेटौडा

हेटौंडा उपमहानगरपालिकामा दैनिक एक जनालाई मुटु, मृगौला तथा क्यान्सर जस्ता प्राणघातक तर नसर्ने रोगहरु लाग्ने गरेको पाइएको छ ।

हतपत्त निको नहुने, निको भएपनि उपचार महँगो हुने यस्ता रोगहरुको सजिलैसँग उपचार सेवासमेत नपाउँदा पछिल्लो ५ महिनाको अवधिमा १ सय ५८ जना बिरामी परेको पाइएको छ । उक्त तथ्याङ्क उपमहानगरपालिकामा विपन्नहरुलाई सरकारले उपलब्ध गराउँदै आएको आर्थिक सहयोगका लागि सिफारिस मागको आधारमा निकालिएको हो ।

विपन्न प्रमाणित नभएका र विपन्न भएर पनि थाहा नपाएर उपमहानगरमा दर्ता नभएका बिरामीहरुको संख्या अरु १५ देखि २० जानाको हाराहारीमा हुन सक्ने हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । ‘नसर्ने रोगका कारण २ वर्षको एक बालिकादेखि ९० वर्षसम्मका बृद्धबृद्धा समेत बिरामी परेको पाइएको छ,’ कार्कीले भने, ‘क्यान्सर रोगी २ वर्षीय बालिका र ५ वर्षीय एक बालक सहित २१ वर्ष भन्दा मुनिका ५ जना, २१ वर्षदेखि ४० वर्षसम्मका १७ जना र ४१ वर्षदेखि माथिका १ सय ३६ जना रहेका छन् ।’

प्राणघातक रोगबाट बच्न प्रदेश ३ सरकारले ‘मुख्यमन्त्री जनता स्वस्थ्य परीक्षण’ कार्यक्रम अगाडि सारेको छ । उक्त सेवा उपलब्ध अस्पतालमार्फत् सेवा लिन अनुरोध गर्दा समेत कतिपयले स्वास्थ्य परीक्षणमा चासो नदिइएको प्रमुख कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका