मेलोडियस शैलीको गीत गायिका सन्ध्या डी द्वारा स्वरबद्ध ‘मेरी माया आउँदैछिन्’ हालै सार्वजनिक गरेकी छन् । उनकै शब्द र सङ्गीतमा तयार पारिएको यो गीत उनको पहिलो गीत हो ।
गीतमा गायिका सन्ध्यालाई गायक युवराज चौलागाईंले साथ दिएका छन् ।
पारिवारिक अवस्था र विभिन्न कारणले नेपाली चेलीहरू पनि बिदेसिएका छन् । उनीहरूले पनि आफ्ना घरको अवस्थालाई हेरविचार गर्न सकिन्छ भन्ने सन्देश बोकेको छ । जसको भिडियोमा पुरुषोत्तम सिग्देल‚ सुजान श्रेष्ठ, सब्बु र सृजनाले फिचरिङ गरेका छन् ।
कमल योञ्जनद्वारा निर्देशित भिडियोलाई रामेश्वर जिरेलले छायाङ्कन गरेका हुन् ।
निर्देशक योञ्जनका अनुसार घरको आर्थिक अवस्थालाई सुधार्न परिवार‚ प्रेमी छोडेर विदेशिएको कथा बोकेको छ । ‘छोरीले पनि छोराले झैँ जिम्मेवारी निभाउन सकिन्छ‚ जसको लागि बिदेसिएको हुन्छ‚’ निर्देशक योञ्जनले भने ।
भिडियोको सम्पादन लोकेन्द्र सुब्बाले गरेका हुन् ।
‘यो गीत मैले बिदेसिएका चेलीहरूलाई केन्द्रमा राखेर लेखेको हो ।’ गायिका सन्ध्या भन्छिन्‚ ‘बिदेसिएका चेलीहरू आफ्ना घर–परिवारका लागि मुख्य भूमिका निभाउन सक्छिन् ।’
झम्सिखेल, ललितपुरकी सन्ध्या १२ वर्षको उमेरमै अमेरिका लागिन् । उनी भन्छिन्‚ ‘अमेरिका गएपछि गीत गाउने सपना अधुरो रह्यो । त्यो आज पूरा गर्दैछु ।’
गीतसङ्गीतको माझमा एउटा सही गीतको खोजीमा थिएँ‚ त्यो आज यस गीतले पूरा गरेको उनको भनाई छ ।
राजन ईशान यो गीतका सङ्गीत संयोजक हुन् । राजकुमार बगर यो गीतका रेकर्डिष्ट हुने भने उनैले गीत मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।