तेमालमा विद्युतीय चुल्हो वितरण

सैलुङअनलाइन संम्वाददाता
0 Shares
तेमाल, काभ्रे

काभ्रेको तेमाल गाउँपालिकामा विद्युतीय चुल्हो वितरण आरम्भ गरेको छ । ‘स्वच्छ भान्छा, स्वस्थ्य परिवारका लागि अधुनिक चुलो’ भन्ने मुल नाराकासाथ तिमाल सामुदायीक विद्युतीकरण सहकारी संस्थाले विद्युतीय चुल्हो वितरण गर्न लागेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार एक कार्यक्रम बीच चुल्लो वितरण कार्यको शुभारम्भ गरेका थिए ।

सहकारीले पहिलो चरणमा आफ्ना ५ हजार ५ सय ग्राहक परिवारलाई ६ हजार ७ सय रुपैयाँमा इन्डक्सन चुल्होसहित त्यसमा प्रयोग हुने कुकर, कराई र पानी तताउने ताप्के वितरण गरेका छन् ।

सहकारीले आफ्ना ग्राहकलाई एलपी ग्याँसको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यले चुल्हो वितरण गरेको बताइएको छ ।

तेमाल क्षेत्रमा एक सिलिन्डर ग्यासको मूल्य १८ सयभन्दा बढी पर्छ । तर, दिनमा १.२ युनिट विजुली खपत गर्दा खाना र खाजा बनाउन सकिने संस्थाले बताए । यसले ग्यास भन्दा विजुलीको खर्च कम पर्न आउने बताइएको छ ।

चुल्हो वितरण कार्यक्रममा जीआईजेड र समादायीक विद्युत उपभोक्ता महासंघको सहयोग गरेको छ ।

कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष तेमाल सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष नारायण ज्ञवली, नेपाल विद्युत प्राधिकरण काभ्रे शाखा प्रमुख रन्जनराज गुरुङ, सामुदायीक विद्युत महासंघका अध्यक्ष संग्रामजीत लामा, पालिकाका सबै वडाका वडा अध्यक्षहरु उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका