निषेधाज्ञामा बहुविवाह र जबर्जस्तीका ६ वटा मुद्दा दर्ता

सरस्वती न्याैपाने संवाददाता
रसुवा

दाेस्राे निषेधाज्ञामा रसुवा जिल्ला प्रहरी कार्यालय रसुवामा ६ वटा बहुविवाह र जबर्जस्ती करणीकाे मुद्दा दर्ता भएका छन् । जिल्लामा कोरोना भाइरसका कारण २०७८ बैशाख २३ गतेबाट निषेधाज्ञा भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बहुविवाह गरेकाे आराेपमा दुईवटा मुद्दा दर्ता भएको जनाएको हो । घटनाका आराेपित २५ देखि २७ वर्ष उमेरका रहेका छन् । त्यस्तै जबर्जस्ती करणीका ४ जना रहेका छन् । ती घटनाका पीडित १४ देखि १६ वर्ष उमेरका रहेका छन् ।

यस्तै २९ देखि ४५ वर्ष उमेरका दुई जनाले झुन्डिएर आत्माहत्या गरेका छन । नौकुण्ड गापा-५ मा एकै परिवारका ४ जना पहिराेमा परि मृत्युु भएको छ ।जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन र कार्यालय सुधारको पाटाेमा महत्त्वपूर्ण भूमिकामा प्रहरी प्रमुख डिएसपी देवेन्द्र पाण्डे लागिरहेको छ ।

तपाईको प्रतिक्रिया