धुसेनी पहिरो : १० घर र एक विद्यालय जोखिममा

0 Shares
रसुवा
फाइल

रसुवा कालिका गाउँपालिका– ४ धुसेनीमा वर्षाका कारण शुक्रबार पहिरो गई १० घर र एक विद्यालय जोखिममा परेका छन् ।

सेतीवेनी माविको भवननको शौचालय पूर्ण क्षति भएका छन् भने सोमप्रसाद देवकोटा, ठाकुरप्रसाद देवकोटा, शिवप्रसाद देवकोटा र गीतवल्लभ देवकोटाको ७ रोपनी जग्गा पूर्ण क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले दिएको जानकारी अनुसार शुक्रबार धुसेनीस्थित टेवकोटा टोलमा गएको पहिरोले १० घरसहित एक विद्यालय जोखिम छन् ।

पहिरो गएको थाहा पाउनसाथ शनिबार प्रजिअ भण्डारीको टोली त्यसतर्फ गएका थिए । प्रजिअ भण्डारीका टोलीले त्यहाँका पहिरो जोखिम टोलका घरपरिवारलाई अस्थायी स्थानमा सार्न अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका