बागमतीमा ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

सैलुङअनलाइन संवाददाता
हेटौडा
तस्विर : तुखबर

बागमती प्रदेशमा ६ मन्त्री र ४ राज्यमन्त्री विस्तार गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरी पूर्णता दिएकी हुन् ।

नवनियुक्त मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अजय क्रान्ति शाक्य, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रचना खड्का, सामाजिक विकास मन्त्रालयमा रचना खड्का, स्वास्थ्यमा रचना खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शान्तिप्रसाद पौडेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा चन्द्र लामालाई दिएका छन् ।

यस्तै नवनियुक्त राज्यमन्त्रीहरूमा जुनेलीमाया श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, जीवन खड्कालाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, सरस्वती वाटीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिएका छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया