दुषित खानेपानीले झाडापखाला र हैजा, सातामै ८६ जना ग्रसित

सैलुङअनलाइन संवाददाता
0 Shares
डडेल्धुरा

खानेपानीको मुहान दुषित हुँदा डडेल्धुरास्थित पर्शुराम नगरपालिका– ८ का विभिन्न गाउँमा झाडापखाला र हैजा रोगको प्रकोप देखा परेको छ । रोग फैलिएर एक सातामा ८६ जना झाडापखाला र हैजा रोगबाट प्रभावित भएका छन् ।

वडा नं. ८ को धाँदली फाटा, गुप्तगडा, गैरीगाउँ र सानखोलामा फैलिएको हैजा र झाडापखाला खानेपानी प्रदुषितकै कारण भएको डडेल्धुरा अस्पतालका ल्याव ईन्चार्ज ईश्वरी भुसालले जानकारी दिए । उनले भनिन्, ‘रोग प्रभावित गाउँका खानेपानीमा ईकोलिई व्याक्टेरीया र बिरामीको दिसा परीक्षण गर्दा हैजाको जिवाणु पाइएको थियो ।’

हैजा र झाडापखाला रोग प्रभावित गाउँमा शुक्रवार सुदुरपश्चिम प्रदेशका भौतिक तथा पुर्वाधारमन्त्री पठानसिंह बोहरासमेत पुगेका थिए । मन्त्री बोहराले बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै रोकथामका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका थिए ।

नगरप्रमुख भिमबहादर साउँदले रोगबाट थप बिरामी हुन नदिन प्रभावित गाउँमा जनचेतना जगाईरहेको बताए । उनले पछिल्लो समयमा बिरामीको संख्यामा कमी आएको जानकारी दिए ।

प्रभावित क्षेत्रमा स्थापना गरिएको स्वास्थ्य शिविरका प्रमुख एवं सादनी स्वास्थ्य चौकीका ईन्चार्ज रामकुमार यादवले खानेपानीको प्रयोगमा ध्यान नदिने हो भने झाडापाखलासँगै हैजा र अन्य रोगको संक्रमण हुने बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका