स्वच्छ व्यवसाय : सम्मानित व्यवसायी नामक अन्तरक्रिया सम्पन्न

सैलुङअनलाइन संवाददाता
काठमाडौं

ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण सङ्घ (SUGJA) बिच “स्वच्छ व्यवसाय: सम्मानित व्यवसायी ” नामक अन्तरक्रिया सम्पन्न भएको छ ।

सुनसरी रत्न तथा आभूषण महासङ्घ द्वारा शुभारम्भ गरेको ू स्वच्छ व्यवसाय स् सम्मानित व्यवसायीू नामक अन्तरक्रिया कार्यक्रममा ज्योति विकास बैङ्कका तर्फबाट बैङ्कका इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख प्रेमेश्वर शाक्य , बैङ्कका धरान शाखाका शाखा प्रबन्धक प्रकाश झा , इटहरी शाखाका शाखा प्रबन्धक चंद्रदिप पहाडी , विराटनगर शाखाका शाखा प्रबन्धक देवी प्रसाद चौलागाई उपस्थित रहेका थिए ।

यसैगरी सुनसरी रत्न तथा आभूषण सङ्घका तर्फबाट सङ्घका अध्यक्ष टेकबहादुर यङ्गदेन , नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ १ नम्बर प्रदेश संयोजक तथा सङ्घका संस्थापक अध्यक्ष विशन शाक्य तथा धरान , इटहरी , इनरुवा र विराटनगरका व्यवसायी तथा उद्यमशील शिल्प व्यवसायी कालिगढहरुको उपस्थिति रहेको थियो।

अन्तरक्रियामा व्यवसायी र बैंक बिच बैंकिंङ सहकार्यको उद्देश्यको बारेमा छलफल भएको थियो। कार्यक्रममा उद्यमशीलता प्रवर्धनका हेतुले ल्याइएका विभिन्न बैंकिंङ सेवाहरू तथा डिजिटल बैंकिंङ सम्बन्धी विभिन्न सेवाहरूको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो।

बैंक र आभूषण महासङ्घमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरूलाई बिनाधितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्झौता भएको छ । त्यस्तै डिजिटल बैंकिंङ सेवाहरू प्रदान गर्नुका साथै बैङ्कले आधुनिक बैंकिंङ, वित्तीय साक्षरता,उद्यमशीलता विकासका निमित्त बैङ्कले महासङ्घसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा दुई पक्षबिच सम्झौता पनि भएको थियो।

ज्योति विकास बैङ्कले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ।

तपाईको प्रतिक्रिया