स्याउ खेतीबाट आम्दानी गर्दै सिङ्गी लामा

सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका बडा नं ३ गत्लाङका सिङ्गी लामा स्याउ खेतीतर्फ आकर्षित भएका छन् । वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेर १२ वर्षपछि नेपाल आएर उनले कृषि व्यवसाय अँगालेका छन् ।

वैदेशिक रोजगारबाट २०७६ चैतमा नेपाल फर्केपछि लामा कृषि तथा पशुपंन्छी फार्म दर्ता गरि विभिन्न जातका स्याउ खेती थालेका हुन् । उनले २०७७ माघबाट गोल्डेन, रातो डेलिशन, रोयल डेलेसिन ३ जातका हुम्ला र जुम्लाका स्याउका बोट रोपेका छन् ।

हुम्ला जुम्लाका ३ जातका एक हजार बोटमा करिब ५ लाख उनले लगानी गरेर व्यवसाय सुरु गरेका हुन् । उनी भन्छन्‚ ‘हुर्काउँदासम्म झन्डै २ हजार जति हुन पुग्दो रहेछ ।

सिङ्गी लामाका अनुसार २ सय रोपनी जग्गा भाडामा लिएर थप व्यवसाय बढाउन खोजिएको बताए । अर्को वर्ष ५ हजार फुजि स्याउ रोप्ने तयारीमा छु‚ उनले भने‚ ‘यसमा थप बाख्रा र कुखुरा समेत पाल्ने योजनामा छु ।’

‘वैदेशिक रोजगारले सिकाएको पाठ विदेशी भूमिमा गर्ने मिहेनतले आफ्नै गाउँमा कृषिमा लाग्ने योजना बनाई स्याउ खेती गर्न लागेको हो’‚ उनले भने ।

‘साथीभाइलाई समेत नेपालमा नै बसेर केही गर्न अनुरोध गर्छन्’‚ उनी भन्छन्‚ घरको आर्थिक स्थितिलाई सुधार्न गर्न विदेश गएको हो ।’

वैदेशिक यात्राले उनलाई दुख, अनुभव र कडा परिश्रम गरेर केही रकम त कमाए र त्यो पैसा आफ्नै गाउँमा लगानी गरे यही हुने रहेछ भनेर यो पेसामा लागेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया