अफगानिस्तानमा तालिबान सरकार बनेपछि ५ पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ ।
इटिलाट्रोज नामक पत्रिकाका प्रधानसम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको पुष्टि गरेको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ` इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरुले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।´
तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकारको पूर्ण सम्मान गर्दै त्यसमा कुनै अवरोध नगर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसामु गरेका थिए । तर उनीहरुले कामचलाउ सरकार बनाएको भोलिपल्ट नै ताजा प्रतिबद्धताको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ ।
अन्तर्राष्ट्रिय विभिन्न निकायहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न र मानव अधिकार उलंघन नगर्न तालिबान समूहलाई अनुरोध गरेका छन् । केन्द्रीय राजधानी कब्जा गरेपछि सत्ता हातमा पारेको तालिबान समूहले आफ्नो जित भएको तीन सातापछि मात्रै प्रारम्भिक सरकार गठन गरेको हो ।
थप यो पनि
तालिबानले सरकार गठन गरे, विरोध कायमै
अफगानिस्तानमा अन्तरिम सरकार गठन, तालिबान नेता अखुन्द नेतृत्वमा
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा सुरक्षा र स्थायीत्वको चिन्ता
अफगानिस्तानको पञ्जशिर प्रान्त पनि कब्जा गरेको तालिबानको दाबी