कतारले तालिबानको व्यावहारिकताको प्रदर्शन गरेकाले उनीहरूको कामलाई निर्विवादित शासकको रूपमा मूल्यांकन गर्नुपर्ने जनाएको छ ।
कतारी सहायक विदेशमन्त्री लोल्वाह अल-खतरले एक विशेष अन्तर्वार्ता दिँदै तालिबानी शासकलाई इस्लामवादी शासकको मान्यता भने तत्काल दिन नसकिने घोषणा गरेकी छन् । उनले अफगानिस्तानको भविष्यको निर्णय अफगानी जनताले नै गर्ने र यो अन्तर्राष्ट्रिय समुदायको विषय नभएको जनाएको छ ।
यसअघि दोहाले तालिबानको विषयमा कतारमा राजनीतिक कार्यालय खोलेर मध्यस्ततासमेत गरेको थियो । तालिबानले व्यावहारिकताको प्रदर्शन गरेकाले यस अवसरलाई सबैले सदुपयोग गर्नुपर्ने र तालिबानको अन्य थप सार्वजनिक कामको मूल्यांकन गर्नुपर्ने सहयाक मन्त्री खतरले उल्लेख गरेको छ । विदेशमन्त्री अल-खतरले हालको अफगानिस्तानका शासक अन्तरिम र डेफ्याक्टो भएकाले तत्काल यसले औपचारिक मान्यता पाउँन भने केही समय लाग्ने बताइन् ।
तालिबानले मुल्लाह मोहम्मद हसन खुन्दको नेतृत्वमा भरखरै अन्तरिम कार्यबाहक सरकार गठन गरेको छ तर कतारलगायत संयुक्त राष्ट्रसंघका कुनै पनि सदस्य राष्ट्रबाट मान्यता भने पाएको छैन । खतरले तालिबानी नयाँ शासकबाट केही सकारात्मक संकेतसमेत देखिएको उल्लेख गरेको छ । कतार सरकारकी प्रवक्तासमेत रहेकी खतरले धेरै महिला विद्यार्थीसमेत प्रदर्शनका क्रममा काबुल छोड्न बाध्य भएको विषयलाई उल्लेख गरेको छ ।
विदेशमन्त्री खतरका अनुसार तालिबानले कतारबाट तत्काल औपचारिक मान्यता भने नपाउने, कतार यो विषयमा धेरै टाढा नरहेको र समदूरीमा रहेर सबै कुराको मूल्यांकन गरिरहेका छन् । उनले यस विषयमा तालिबानको अन्तरीम सरकारको घोषणा पछिको अमेरिकाको प्रतिक्रियासमेतलाई उल्लेख गरेको छ । अमेरिकाले तालिबानको नयाँ सरकारको घोषणामा सबै तालिबानी सदस्यमात्र परेको र कुनै महिला नसमेटिएको विषयलाई चासो व्यक्त गरेको छ र भनेको छ यो एउटा कामचलाउ सरकार भएकाले यसको मूल्यांकन शब्दबाट भन्दा पनि कामबाट गरिने बताएको छ ।
अफगानिस्तान एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले यहाँका जनताले आफ्नो भाग्य र भविष्यको निर्णय गर्न स्वतन्त्र रहेको विदेशमन्त्री खतरले जनाइन् । उनले अन्तरराष्ट्रिय समुदायले यहाँको जनताको भाग्य, भविष्यको विषयमा कुनै निर्देशन, नियन्त्रण गर्न नमिल्ने र अमेक्षित सहयोग भने गर्न सक्ने बताइन् ।
थप यो पनि
तालिवान सरकार बनेपछि ५ पत्रकार गिरफ्तार
तालिबानले सरकार गठन गरे, विरोध कायमै
अफगानिस्तानमा अन्तरिम सरकार गठन, तालिबान नेता अखुन्द नेतृत्वमा