सेनालाई प्याराग्लाईडिङको १५ दिने तालिम

सैलुङअनलाइन संवाददाता
0 Shares
उदयपुर
सांकेतिक तस्विर

उदयपुरको बेलका नगरपालिका– ८ मा संचालित प्याराग्लाइडिङको १५ दिने तालिम शनिबार समापन्न भएको छ । गत साउन २५ गतेदेखि सुरु भएको प्रशिक्षणमा सोलो पाइलटका लागि नेपाली सेनाका २४ जना खेलाडीहरुले सहभागी जनाएका थिए ।

तालिमको समापनमा पूर्वी पृतनापति उपरथी अनन्त कार्कीले सेनाले आफ्नै खेलाडी उत्पादनका लागि तालिममा सहभागी जनाइएको बताए । उनले भने, ‘राष्ट्रिय खेलकुद प्रतियोगितामा करिव ३७ खेलकुद विधामा उत्कृष्टता हासिल गर्दै आएको सेनाले यस वर्षदेखि साहासिक खेल प्याराग्लाइडिङमा पनि खेलाडी उत्पादन गरेको छ ।’

सेनाले पश्चिम पृतनालय पोखराका प्रमुख सेनानी अर्जुन बस्नेतको नेतृत्वमा ५ जना महिलासहित २४ जना खेलाडी उत्पादन गरेको हो ।

धरानस्थित एसियन प्याराग्लाइडिङ एकेडेमीको आयोजना र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ एसोसिएसन (नेफा) प्रदेश नं. १ को संयोजनमा प्रशिक्षण दिइएको थियो ।

उडानका लागि नगरपालिकाले ४५ रोपनी जग्गा उपलब्ध गराएको मेयर दुर्गा थापाले जानकारी दिए । प्याराग्लाइडिङ वोप्ताङबाट उडान गरेर डुम्रीबोटे नजिक सप्तकोशी किनार छेउको मैदानमा अवतरण गर्ने व्यवस्था मिलाएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया