चलचित्र ‘अस्तित्वको लडाइ’ को शुभ मुहूर्त

सैलुङअनलाइन संवाददाता
मकवानपुर

सरिता फिल्म्स प्रोडक्सन प्रालिको प्रस्तुतिमा नेपाली कथानक चलचित्र ‘अस्तित्वको लडाइ’ को शुभ-मुहूर्त गरिएको छ । राक्सिराङ गाउँपालिका चैनपुर, मकवानपुरमा एक कार्यक्रमका बिच शुभ मुहूर्त गरिएको हो।

चेपाङ समुदायको कथामा बन्न लागेको चलचित्रको तिहार पछिबाट छायाङ्कन सुरु हुने कार्यकारी निर्माता सुवास राज काफ्लेले बताए। मकवानपुर, चितवन र काठमाडौँमा छायाङ्कन हुने चलचित्र ‘अस्तित्वको लडाइ’ मा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बानियाँ चलचित्रका लागि अनुबन्धित भई सकेका छन् भने अन्य कलाकारहरू छनोटको क्रममा रहेका छन्।

सरिता ढुङ्गाना निर्माता रहेको चलचित्र नेपाल चेपाङ समाजले निर्माण गर्न लागेको हो। गोविन्द्र गौतमको निर्देशन, महेश पौडेलको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ। रामशरण कोइराला चलचित्रका एसोसियट निर्देशक हुन्।

पूर्व गृह राज्यमन्त्री तथा प्रदेश सभा सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ मुहूर्त गरेका हुन् ।

कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली काँग्रेसकी वरिष्ठ सल्लाहकार तथा पूर्व प्रत्याशी सांसद उमा दाहाल , सांसद सन्तलाल चेपाङ , नेपाल चेपाङ सङ्घ प्रदेशका अध्यक्ष खुसीलाल चेपाङ , प्रदेशका सचिव लक्ष्मण चेपाङ र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल लगायतका अतिथिहरू रहेका थिए ।

तपाईको प्रतिक्रिया