नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश भेला हुने

सैलुङअनलाइन संवाददाता
पोखरा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ ।

भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिए ।

पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । यही भदौ २६ गते गोरखा जिल्लामा पनि सङ्गठन विस्तारका लागि बैठक राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएर हालै गठन भएको नेकपा ९एकीकृत समाजवादी०ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जन वर्गीय सङ्गठन निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया