गोर्खाज फाइनान्सको साधारण सभा मिति तोक्यो

सैलुङअनलाइन संवाददाता
काठमाडौं

गोर्खाज फाइनान्स लिमिटेडको १६ औँ वार्षिक साधारण सभा यही असोज १८ गतेका लागि तय भएको छ । फाइनान्सले उपस्थिति भौतिक तथा भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ।

सभाले प्रबन्ध पत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले बैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार बैशाख ५ गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

फाइनान्सले यसअघि भदौ २४ गते साधारण सभा तोकेको थियो। तर विशेष कारणवश सो सभा स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया