आइसीएफी फाइनान्सले जोरपाटीमा एक्टेन्सन काउण्टर खोलेको छ । फाइनान्सको बौद्ध शाखाले सेवा विस्तारको क्रममा शुक्रबार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट एक्टेन्सन सेवा सूरु गरेको हो ।
काउण्टरको पूर्व राजदूत डा. गणेश योञ्जन, गोकर्णेश्वर नगरप्रमुख सन्तोष चालिसे र फाइनन्सका अध्यक्ष रामबज्र पन्तले उद्घाटन गरेका हुन् ।
अध्यक्ष पन्तले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका शेयरधनी सदस्यहरु र सुन्दरीजल, जोरपाटी, गोकर्ण, साँखुलगायतका ग्राहकलाई लक्षित गरी काउण्टर खोलेको बताए । उनले थपे, फाइनान्सका सम्पूर्ण सेवाहरु यस काउण्टरबाट हुनेछ ।
सोही कार्यक्रममा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका नयाँ शेयर सदस्यहरुलाई संस्थाका अध्यक्ष पूर्व राजदूत डा. योञ्जनले प्रमाणपत्र प्रदान गरेका थिए ।