क्वालिटी इन्टरटेनमेन्ट अवार्डको दुई विधाका उत्कृष्ट पाँचमा गायिका सुनुवार

सैलुङअनलाइन संवाददाता
काठमाडौं

गायिका सुस्मा सुनुवार क्वालिटी इन्टरटेनमेन्ट अवार्ड-२०७८ अन्तर्गत दुई विधाका उत्कृष्ट पाँचमा परेका छन् । गायिका सुनुवार क्वालिटी फिल्मस् प्रालिद्वारा आयोजना गर्न लागिएको अवार्डमा गायन र संगीतकार दुई विधाको उत्कृष्ट पाँचमा परेका हुन् ।

गायिका सुनुवारका अनुसार आज(शुक्रबार) क्वालिटी फिल्मसले काठमाडौंको बिजुली बजारस्थित कार्निभल पार्टी भेन्युमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचमा परेको मनोनयनकर्तालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । गायन तर्फ `प्लिज प्लिज ड्राइभर दाइ ´ र संगीतकार तर्फ ` जिन्दगीको एकै पलमा ´ को बोलको गीत उत्कृष्ट पाँचमा परेकी गायिका सुस्मा सुनुवारले बताइन् ।

सर्लाहीकी गायिका सुनुवारले यसअघि पनि विभिन्न विधामा अवार्ड हात पारिसकेकी छिन् । उनले झन्डै दर्जन गीतहरूमा आवाज दिइसकेकी छिन् । आफै गीत रचना र संगीत समेत भर्ने सुनुवारले उत्कृष्ट विधामा आफ्ना सृजना पर्दा थप ऊर्जा मिलेको बताइन् । अझ उनलाई रोचक लागेको भने गायनतर्फ चर्चित गायिका बिमाकुमारी दुरा र शान्तिश्री परियार पनि उत्कृष्ट पाँचमा परेको बताइन् ।

सानैदेखि गीतसंगीत तथा साहित्यमा रुचि राख्ने गायिका सुनुवार स्कुलले जीवनमा समेत गीतसंगीत र साहित्यमा कलम चलाए बापत पुरस्कृतसमेत भइसकेकी छिन् । साङ्गीतिक क्षेत्रमा संघर्षरत सुनुवार हाल काठमाडौंलाई कर्मभूमि बनाउँदै आएकी छन्।

क्वालिटी फिल्मस् प्रालिले अवार्डको आयोजना असोज पहिलो साता गर्ने जनाएको छ ।

क्वालिटीका अध्यक्ष उमेश गुरुङले दोस्रो कोरोना लहरको महामारीपछि सुस्ताएको नेपाली गीतसंगीत तथा चलचित्र बजारलाई चलायमान बनाउन, स्रष्टालाई सम्मानसँगै गुणस्तरीय सृजनालाई पुरस्कृत गर्न यो अवार्ड आयोजना गर्न लागेको बताए ।

फिल्मस्ले लोक, आधुनिक, पप आधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वनी मिश्रण जस्ता विधामा अवार्ड प्रदान गर्न लागिएको हो । यिनै विधामा अहिले मनोनयन सार्वजनिक गरिएको छ । यस्तै म्युजिक भिडियोका निर्देशक, मोडल महिलारपुरुष, छायाँकार, सम्पादक जस्ता विधामा पनि अवार्ड प्रदान गरिने अध्यक्ष गुरुङको भनाइ छ । त्यस्तै चलचित्र विधामा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादक, रंग संयोजक, संगीतकार, प्रोडक्सन म्यानेजर रहेका छन् ।

क्वालिटी इन्टरटेनमेन्टले यसवर्ष अग्रज चलचित्र निर्देशक तुलसी घिमिरेलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने अध्यक्ष गुरुङले बताए । उनका अनुसार पत्रकार तुलसी गिरी ञभावुकझलाई समेत पुरस्कृत गर्नेछन् ।

तपाईको प्रतिक्रिया