गीतकार राईको सेवान्ने जिन्दगी सार्वजनिक

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

दुइचार झिल्को आगो र दुई मुठी घामपानी
दुवै थोक एकमा घुलेर बनेको नूनपानी
यही हो मेरो जिन्दगी– सेवान्ने जिन्दगी ।

‘सेवान्ने जिन्दगी’ शिर्षक रहेको पुस्तक शनिबार मण्डला थिएटरमा सार्वजनिक भएको छ । बरिष्ठ कवि एवं गीतकार भूपाल राईको यो नवीनतम कृति हो । कृतिलाई समाजशास्त्री डा. कैलाश राई, लेखक एवं विश्लेषक उज्ज्वल प्रसाई र सिर्जनशील अराजकता अभियानका कवि हाङयुग अज्ञात संयुक्त लोकार्पण गरेका हुन् ।

लेखक राजन मुकारुङले भने, ‘हामीले आफ्नो इतिहास हामी आफैले लेख्नुपर्ने सुझाउदै जसको ज्वलन्त आजको कृति बनेको छ ।’ कृतिकारले सामाजिक जागरण गराउदै आएको उनले बताए ।

समाजशास्त्री डा. राईले जातीय, सांस्कृतिक, ऐतिहासिक चेतनालाई सिर्जनामा लेख्ने भूपाल राईहरु आइरहनुपर्ने बताउदै मुन्दुम दर्शनमा आधारित भएकोले समुदायले मन पराएको स्वीकारोक्ति गरिन् ।

यसैगरी लेखक प्रसाईले अहिलेको समाजले भोगिरहेको परिवेशमा भूपाल राईका गीत झनै सान्दर्भिक भएको बताउँदै सामाजिक र सान्दर्भिकता बुझ्नालाई भुपाल राई पढ्नु र सुन्नुपर्ने औल्याए ।

टिप्पणीकार अज्ञातले वर्णाश्रमको दार्शनिक प्रभावले लेखनमा कन्ज्युसाई गरेको समयमा पनि सांस्कृतिक चेतको उचाइत्वमा भूपाल राईले जनजाति समाजलाई पु¥याएको योगदानप्रति गर्व गरे ।

कार्यक्रममा गीतकार राईले आफूले बाध्यताले नै गीत लेख्नुपरेको सुनाउँदै चालीस दशकको उत्तरार्द्धमा आदिवासी समुदायको लागि गीत लेख्दा जातीवादी आरोपसमेत खेपेको तितो अनुभव सुनाए ।

चिण्डो बुक्सको आयोजनामा सार्वजनिकीकरण कृतिमा सेवान्ने जिन्दगी, यानी मायालाई, हावालाई मलमलसहित १ सय ५ वटा पुराना र नयाँ गीतहरु रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया