रसुवाको पासाङल्हामु राजमार्ग अन्तर्गत धुन्चे सडकखण्डको ब्राबल सडक पुनः अबरुद्व भएको छ ।
गएराती आएको वर्षाको कारण भासिएको उक्त सडक आइतबार विहानै बनाएको थियो । तर, बनाएको करिब २ घण्टापछि सोही स्थानमा सडक पुनः भासिएको छ ।
बिहानै सडक मर्मतपश्चात यातायात सुचारु गरिएतापनि पुनः सडक भासिएर अवरुद्व भएको छ ।
प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार जिल्लाका अन्य स्थानहरुमा पहिरो पन्छाइसकेको बताउँदै यस स्थानमा पनि भासिएको सडक चाँडै मर्मत गरी सुचारु गर्ने जानकारी दिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1