लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना कालिजंग गणले आफ्नो तर्फबाट उल्लेखनीय कार्य गर्दै आइरहेका छन् ।
सेनाले निकुञ्ज भित्र हुने विभिन्न अवैध क्रियाकलापहरू रोकी वन, वनस्पति, वन्यजन्तु र वातावरण जोगाउनका साथै सामाजिक सेवामा समेत उत्तिकै अमूल्य योगदान गर्दै आएको गणले जनाएका छन् । निकुञ्जको सुरक्षाका अलवा कालिजंग गणले रसुवामा आपतकालीन अवस्थाहरूमा सहयोग पनि दिँदै आइरहेका छन् ।
२०३२ साल चैत ९ गते लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भएयता नेपाली सेना २०४७ सालदेखि सुरक्षार्थ खटिदै आएका छन् ।
हालसम्म भैरवीदल गण, सिंहनाथ गण, महेन्द्र दलगण, बर्दबहादुर गण, नयाँ गोरख गण, समशेर दलगण, दुर्गा वक्स गण, अह्रिदमन गण, नारायणदल गणलगायतले सुरक्षा दिइरहेका छन् ।
नेपाली सेनाप्रति रसुवाबासीले विश्वासिलो पात्रको रूपमा लिएका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1