कतारमा कार्यरत नेपालीहरुले हिन्दू नारीहरुको चाड हरितालिका तीज मनाएको छ । सनैयास्थित नेपाली रेष्टुरेन्टमा सम्पन्न तीज कार्यक्रमलाई संघीय लिम्बुवान सामाजिक मञ्च कतारको महिला बिभागले आयोजना गरेको हो ।
बिभागले नेपाली नारीहरुको मौलिक पर्व तीजलाई मध्यनजर गरेर कार्यक्रमको आयोजना गरेकोमा मञ्चकी अध्यक्ष रेखा राईले धन्यवाद दिइन् । अध्यक्ष राईले यसरी संघसंस्था वा पार्टीका भातृ संगठनहरुले गरेका कार्यक्रमले कतारमा रहेको सम्पूर्ण नारीहरुलाई एकीकृत बनाउन सहज मिल्न्ने बताइन्र ।
समारोहमा कतारमा विभिन्न पेशामा कार्यरत नेपाली महिलाहरू रातो सारी, चुरा, पोते, छड्के तिलहरी, मेहेन्दी लगायतमा सजिएर आएकी थिइन् । उपस्थित महिलाहरुले आपसमा शुभकामना आदानप्रदान गर्ने क्रममा आफूहरू कतारमा नभई नेपालमा तीज मनाइरहेको आभास भएको बताएका छन् ।
कार्यक्रमलाई रौनक थप्न स्थानीय गायक अमृत कुरुम्बाङ, गीतकार तथा संगीतकार घनश्याम तिवारी, मोडेल तथा कोरियोग्राफर राज गुरुङले बेजोड प्रस्तुति दिएका थिए । त्यसैगरी कलाकारहरू उर्मिला लामा, लक्ष्मी गिरी, पूजा गजुरेल, नवीन केसी, पुनम परियार, सन्तोष बराइली, रमा तिमील्सिना, अञ्जली विक, सुक्दल लिम्बु, मुना गिरी, तारा सोनी लिम्बु, इन्दिरा राई, सुची शाक्य, सुजन राई, टीका लावर, सदिच्छा साहसकार, लक्ष्मी सुनुवार, बिरेन मादेन लगायतकाले आआफ्ना प्रस्तुत राखेका थिए ।
समारोहमा खेलाडी, कलाकार, सहयोगी दाताहरुलाई सम्मानपत्रले सम्मान गरेका थिए । त्यसैगरी मञ्चका डान्सर तथा कोरियो ग्राफर राज गुरुङलाई दोसल्ला ओढाएर बिदाइ गरेका थिए ।
विभागकी अध्यक्ष बिनिता राई सभापतिरहेको कार्यक्रम सुस्मिता राईले सञ्चालन गरेकी थिइन् ।