देशभर ९९४ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

सैलुङअनलाइन संवाददाता
काठमाडौं

देशभर ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार विगत २४ घण्टामा नौ हजार ८४० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमित संख्या २७ हजार ३५५ छ । पाँच सय बढी सक्रिय संक्रमित भएका जिल्ला १३ र २०० बढी सक्रिय संक्रमित भएका जिल्ला २१ छन् । आज एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा संक्रमणबाट १२ को ज्यान गएको छ । हालसम्म १० हजार ९३६ को संक्रमणबाट मृत्यु भएको छ ।

चार सय ५६ सघन उपचार कक्ष, एक २२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेशन, एक हजार ६४७ संस्थागत आइसोलेशन र ३१७ कोरोना संक्रमित क्वारेन्टिनमा छन् । मन्त्रालयलका अनुसार आज ६८ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ६९ हजार ३२८ जनाले पहिलो मात्रा र ५१ लाख ६० हजार ५२४ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया