नेकपा (एकीकृत समाजवादी) को सिन्धुपाल्चोक जिल्लामा कमिटी गठन

सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

नेकपा (एकीकृत समाजवादी) पार्टीले सिन्धुपाल्चोक जिल्लामा कमिटी गठन गरेको छ । शनिवार सोम सापकोटाको संयोजकत्वमा १०३ सदस्यीय कमिटी गठन गरेको हो ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितिमा समाजवादीले कमिटी गठन गरेको हो । कमिटीका सल्लाहकारमा यमबहादुर महतलाई चयन गरिएको छ भने संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहेको छ ।

समितिको सहसंयोजकमा प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ चयन भएको छ ।

तपाईको प्रतिक्रिया