सैलुङमा निर्माणाधीन चैत्य निर्माण अन्तिम चरणमा‚ संस्था आठौँ वर्षमा प्रवेश

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
224 Shares
काठमाडौं

शैलुङ रिगसुम गोन्पो सेवा समाजले सातौँ वार्षिकोत्सव मनाएको छ । आइतबार काठमाडौँस्थित तामाङ भवनमा आयोजित साताैँ वार्षिक साधारण सभामा समाजले सैलुङ डाँडामा निर्माणाधीन शैलुङ झ्याङ्छ्युब छ्योर्तेनको अवस्था बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं समाजका संरक्षक गुरु लोसाङ नाम्याल रिन्पोछेले सैलुङमा निर्माणाधीन चैत्य नै समाजको पहिलो सफलताको कार्य रहेको बताए ।

कार्यक्रमका सभाध्यक्ष सेरप शेर्पाले संस्थाका वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा अध्यक्ष शेर्पाले सैलुङमा निर्माणाधीन छ्योर्तेन करिब करिब सम्पन्न तर्फ रहेको बताए । सम्भव भए यसै वर्ष समापनको घोषणा गर्ने लक्ष्यसमेत रहेको उनले जानकारी दिए ।

यसै गरी समाजका कोषाध्यक्ष डम्बरबहादुर मोक्तानले वार्षिक आयव्यय प्रस्तुत गर्दै छ्योर्तेनका लागि स्थानीय तह लगायत दानबाट सङ्कलित रकमले नै सम्पन्नतर्फ सफल हुँदै गएको बताए । उनले भने‚ ‘यसवर्ष विभिन्न शीर्षकमा आम्दानीबाट करिब ७३ लाख खर्च भएको छ । यस्तै ६५ हजारमाथि संस्थामा मौज्दातसमेत रहेको छ ।’

कोषाध्यक्ष मोक्तानका अनुसार छ्योर्तेनका लागि २ करोड ४ लाख ७५ हजार ८३० रुपैयाँ सङ्कलित भएको बताए ।

यसवर्ष छ्योर्तेनमा सोक्सिङ‚ गजुर तथा घोकिम प्रतिस्थापना गरेका छन् भने त्यसमा प्लास्टरका कार्यहरू भइरहेको संस्थाले जनाएका छन् । सोक्सिङ सैलुङ गाउँपालिकास्थित मागादेउरालीबाट संस्थाका सदस्य वाङ्गेल मोक्तानले दान गरेका हुन् ।

साधारण सभामा ५० हजारमाथि सहयोग गर्नेलाई सम्मान गरेका थिए । उनीहरुलाई प्रमुख अतिथि रिन्पोछेबाट सम्मान पत्र प्रदान गरेका थिए ।

अतिथिहरु बौद्धनाथ क्षेत्र विकास समितीका कार्यकारी निर्देशक बसन्त लो तामाङ,श्री बौद्ध तामाङ कल्याण गूठीका अध्यक्ष खड्गजित लामा, प्राचीन अनुवाद एकमातृ गुरुसंघ नेपालका अध्यक्ष राजन कुमार तामाङ,वरिष्ठ समाजसेवी नेपालजीत लामा,वरिष्ठ समाजसेवी टसि कुमार लामा,भुतपुर्व नेपाल प्रहरीका वरिष्ठ उपाध्यक्ष एवं कानुनविद चुडादेव सिंह घिसिङ,व्यवासायि एवं समाजसेवी बिनोद योन्जन लामा,विरमान लामा धर्मगुरु सोनाम रुम्बा लगायत उपस्थित थिए ।

यस वर्षबाट छ्योर्तेन निर्माणको प्रक्रिया ५ वर्ष पुगेको छ भने करिब ९५ प्रतिशत निर्माण सम्पन्न भएको कार्यक्रम सञ्चालक एवं संस्थाका महासचिव कुमार थोकरले जानकारी दिए ।

कार्यक्रम समापनपछि सामूहिक तस्विर
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया