सुदूरपश्चिमेली समाज कतारको अध्यक्षमा भट्ट

अस्मिता घिसिङ संवाददाता
कतार

पर्मन्द भट्ट सुदूरपश्चिमेली नेपाली समाज कतारको अध्यक्षमा चयन भएको छ । भट्ट सेप्टेम्बर १० तारीख शुक्रबार भएको समाजको पाँचौ अधिवेशनबाट अध्यक्षमा चयन भएको हो । अधिवेशन कतारस्थित ह्वाईट हाउस होटेलमा भएको थियो ।

उक्त अधिबेशनले बरिस्ठ उपाध्यक्ष अनुप जोरा, प्रथम उपाध्यक्ष कृष्णबहादुर चलाउने, द्वितीय उपाध्यक्ष नन्द बहादुर महतरा, महासचिव भोजबहादुर साउद, सचिव मदन राज नाथ, सहसचिव रामबहादुर माल, कोषाध्यक्ष राजबहादुर शाह, सहकोषाध्यक्ष पुष्कर बहादुर साउद र महिला संयोजक शान्ति कणेल रहेका छन् ।

त्यसैगरी कार्यसमितिका सदस्यहरु क्रमशः दिपक राज भट्ट, अम्बादत्त जोशी, प्रकाश साउद, रामबहादुर बिष्ट, करन महरा, रणबहादुर चन्द, तप्त बहादुर साउद, सुरेश बहादुर बलायेर, मनोज चौधरी, मन्जु रोकाया, अन्जली जोशी, पारु भट्ट, माया भट्ट चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका द्वितीय सचिव भुवन भट्टले गौरा पर्वको शुभकामना दिदै नवनिर्वाचित कार्यसमितिसँग पनि पुरानो सहयोग जारी रहने बताए । उनका अनुसार सुदूरपश्चिमेली समाजसँग विगतमा जस्तै विभिन्न समाजिक कार्यमा दूतावासको हातेमालो रहनेछन् ।

समाजका नवनिर्वाचित अध्यक्ष भट्टले गौरा पर्वको शुभकामना दिदै सुदूरपश्चिमेली लगायत नेपालभरबाट कतार आएर दुख पीडामा परेकाहरूको उद्धार एवं व्यवस्थापनमा लागिरहने प्रतिबद्धता गरे । गौरा पर्वमा बनाईने पञ्चनाँज बिरुडा बाँधेर नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया