सर्वदलीय बैठक सुरु, एमाले अध्यक्ष ओली अनुपस्थित

सैलुङअनलाइन संवाददाता
काठमाडौं
तस्बिरः रत्न श्रेष्ठ/रासस

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सवैदलिय बैठम सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सुरु भएको हो ।

सभामुख सापकोटाद्वारा संसदमा जारी गतिरोध अन्त्यका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बोलाइएको थियो ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल लगायतका शीर्ष नताहरुको सहभागीता रहेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् ।

तपाईको प्रतिक्रिया