शैलुङ-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा मोतीलाल मोक्तान

सैलुङअनलाइन संवाददाता
काठमाडौं
शपथ ग्रहणमा अध्यक्ष मोतीलाल बायाँ र दुधपोखरी काठमाडौँ सम्पर्क मञ्चका सचिव सरोज तामाङ दायाँ ।

नेकपा एमाले निकट शैलुङ-काठमाडौँ सम्पर्क मञ्च पुनर्गठन भएको छ । शुक्रबार भएको सम्पर्क मञ्चको नयाँ अध्यक्षमा मोतीलाल मोक्तान चयन भएका छन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा बलराम अधिकारी‚ सचिव विनोद बस्नेत‚ कोषाध्यक्ष छैटुप लामा र सहसचिव लोकेन्द्रबहादुर खत्रि चयन भएका छन् ।

यस्तै सदस्यहरू ४० जना चुनिएका छन् । शनिबार दोलखा काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरी सबै स्थानीय तहका मञ्चका पदाधिकारीहरुलार्इ नेकपा एमालेका महासचिव इश्वर पोखरेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

पालिकाका काठमाडौँमा रहेका विभिन्न पेसा व्यवसायमा आबद्ध युवाहरूको जमातलार्इ चयन गरेको नेकपा एमाले पालिका अध्यक्ष थिरबहादुर तामाङले जानकारी दिए ।

सैलुङ गाउँपालिकाका यसअघिका अध्यक्ष स्व टीका बस्नेतको निधन भएपछि मञ्चमा अध्यक्षको पद खाली भएको थियो ।

दोलखाको ९ स्थानीय तहको सम्पर्क मञ्च पुनर्गठन गरेको हो ।

पार्टीका निर्देशन अनुसार ९ वटा स्थानीय तहका ७४ वटा वडाको समेत सम्पर्क मञ्च पुनर्गठन गरेका छन् ।

अध्यक्ष मोक्तान यसअघि दुधपोखरी काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष थिए भने पालिका सम्पर्क मञ्चका सहसचिव थिए ।

अध्यक्ष मोक्तानका अनुसार पार्टीका कार्यकर्तालार्इ गोलबद्व गरी सशक्त बनाउनेमा भूमिका रहने बताए ।

नयाँ कार्य समितिलाई शैलुङ गाउँपालिकाले स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया