शैलुङ कांग्रेसको सभापतिमा योञ्जन

सैलुङअनलाइन संवाददाता
शैलुङ गाउँपालिका, दोलखा

कृष्णध्वज योञ्जन तामाङ नेपाली कांग्रेस शैलुङ गाउँपालिकाको सभापतिमा चयन भएको छ । योञ्जनलाई भदौ २७ गते भएको कांग्रेसको चौधौं अधिवेशनबाट गाउँपालिका सभापतिमा चयन गरेको हो । सभापति योन्जन जिल्ला कार्यसमितिका पूर्वसदस्य र पार्टीका दोलखा-काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष समेत हुन् ।

दोलखा शैलुङ गाउँपालिका-३ बाघखोरस्थित महिला भवनमा भएको अधिवेशनले उपसभापतिमा सन्तोष श्रेष्ठ, चित्रबहादुर कार्की, सचिवमा श्यामलाल घिसिङ र भोजराज आचार्य, कोषाध्यक्ष जीवन लामा र सहसचिवमा बुद्धिमान तामाङ र अखिल तामाङ रहेका छन् ।

त्यसैगरी शैलुङ कांग्रेसका सदस्यहरूमा क्रमशः कल्पना श्रेष्ठ, कृष्ण नेपाली, चन्द्रबहादुर नेपाली, नमुना कार्की, दणे बहादुर कार्की, सिताराम भुजेल, धनबहादुर मगर, भुवन तामाङ, हिमाल श्रेष्ठ, सन्जय तामाङ, रन्जिता बुढाथोकी, बिबिन्द्र श्रेष्ठ, गणेश अधिकारी, तुलसा तामाङ, गीत तामाङ, जमुना कार्की, सरस्वती कार्की, राजकुमार श्रेष्ठ लगायत गरी कुल ४५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका महासमिति सदस्य ताराबहादुर कोइरालाले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै शैलुङमा कांग्रेसले फट्को मारेकोमा खुसी व्यक्त गरे । शैलुङ काँग्रेसले जस्तै क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा समेत सर्वसम्मत चयन हुनुपर्ने प्रमुख अतिथि कोइरालाको भनाइ थियो ।

कार्यक्रममा जिल्ला कार्यसमितिका पूर्वसदस्य सिंहबहादुर तामाङ, जिल्ला तरुण दलका पूर्वउपाध्यक्ष कुमार अधिकारी, निवर्तमान सभापति दावादोर्जे मोक्तान, वडा सभापतिहरू तन्जेन मोक्तान, शुक्रध्वज योञ्जन, सुनिल बाबु श्रेष्ठ, सन्त बहादुर तामाङ, खड्का बहादुर राउत, इन्द्रबहादुर कार्की र तुल्साङ लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तस्बिरमा सभापतिलाई बधाई दिदै नेविसंघका नेताहरू

थप यो पनि

शैलुङ कांग्रेसको सचिवमा तामाङको उम्मेद्वारी

शैलुङ-१ को कांग्रेस सभापतिमा पुन: मोक्तान, ५० जनाभन्दा धेरै कांग्रेसमा प्रवेश

तपाईको प्रतिक्रिया