नेकपा समाजवादीले बागमतीमा नयाँ सरकार बनाउन गठबन्धन दलसँग समन्वय थाल्ने

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ । बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ ।

खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएका थिए । उनुभएको थियो । उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्न सनाखत गरेपछि भोलिपल्टै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मत चयन गरेको छ । संसदीय दलको हिजो बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।

तपाईको प्रतिक्रिया