समानान्तर कमिटीलाई ‘नेकपा एस’मा समाहित

दक्षिण कोरिया

झलनाथ–माधव समूहको दक्षिण कोरियाको समानान्तर कमिटीलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा समाहित भएको छ । सेप्टेम्बर १२ गते आइतबार भच्र्युल (जुम) माध्यमबाट कार्यक्रम गरेर ‘प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया’ नाम राखेर प्रवास संगठन घोषणा गरेको हो ।0

शुभराज भोम्जनको अध्यक्षतामा दुई सल्लाहकार समिति सहित २७ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेका छन् । घोषणा कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका नेता श्रीप्रसाद शाह र विशेष अतिथि संघीय संसदका सांसद तथा नेकपा एसका नेत्री रामकुमारी झाँक्रीको उपस्थिति थियो ।

अध्यक्ष, शुभराज भोम्जन
अध्यक्ष, शुभराज भोम्जन

समितिको उपाध्यक्षमा रमेश थापा मगर, दशरथ कुवँर, सुर्य रुम्बा, महासचिवमा राजकुमार राई, सचिवमा जगदिश घरडी, अनिता रुम्बा तामाङ, संगठन सचिवमा अवदेशराज चौरासिया, युवा विभाग प्रमुखमा घनश्याम अधिकारी, अनुशासन विभाग प्रमुखमा उमेश कुवँर, आर्थिक विभाग प्रमुखमा जगत वाइबा र प्रचारप्रसार विभागमा अमिर योञ्जनलाई जिम्मेवारी दिएका छन् ।

केन्द्रीय सदस्यहरुमा क्रमशं. भलक क्षेत्री, कविराज गिरी, सुरेश गिरी, जयराम रिमाल, विमल देवकोटा, बिरचन्द्र राई, सुमित्रा घिसिङ, सुरज थिङ, धनकुमार राई, युवराज राई, सन्तोष शाह, खानीमाया सुनुवार, सन्देश राई, ज्ञानेन्द्र थापा क्षेत्री रहेका छन् ।

प्रमुख अतिथि नेकपा एसको नेता श्रीप्रसाद शाहले सामाजवादको अभियानमा जोडिएकोमा समितिलाई बधाई तथा शुभकामना दिए ।

विशेष अतिथि तथा सांसद रामकुमारी झाँक्रीले नव गठित समितिलाई शुभकामना तथा बधाई दिर्दै दक्षिण पन्थी अवसारवादी विरुद्ध गरेको विद्रोहमा सहभागी भएको बताइन् । यस विद्रोहमा प्रवासबाट पनि सहभागी भएकोमा धन्यवाद दिइन् । उनले भनिन्, ‘ओलीवालाहरुले संसद बैठक चलाउन नदिएर लोकतन्त्रको धज्जी उडाएका छन् ।’

प्रवास समितिका पदाधिकारीहरूलाई प्रमुख अतिथि नेता शाहद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया